दफा २७
सहयोग गर्नु पर्ने
(१) यस ऐन अन्तर्गतको कसुरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा विभाग वा अनुसन्धान अधिकृतलाई आवश्यक सूचना वा जानकारी उपलब्ध गराई सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(२) विभागले अन्य संस्था वा निकायमा रहेका आर्थिक तथा वित्तीय सूचना वा विद्युतीय अभिलेख “वास्तविक समय (रियल टाईम) मा प्राप्त गर्न सम्वद्ध संस्था वा निकायसँग समझदारी कायम गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम समझदारी कायम गर्दा सम्बन्धित संस्था वा निकायमा रहेको सूचना वा वित्तीय अभिलेखमा पहुँच सुनिश्चित हुने गरी गर्नु पर्नेछ ।